दिनेश कार्तिकलाई आरसीबी-मा मेण्टर र ब्याटिंग प्रशिक्षकको जिम्मेवारी

IMG-20240701-WA0309

बेंगलुरु: आईपीएल फ्रेञ्चाइजी रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) – ले पूर्व क्रिकेटर दिनेश कार्तिकलाई आफ्नो नयाँ ब्याटिंग प्रशिक्षक र मेण्टर नियुक्त गऱ्यो। कार्तिकको नियुक्तिबारे आरसीबी-का क्रिकेट निदेशक मो बोबटले भने, डीके हाम्रो कोचिंग समूहमा एकजना असाधारण अध्याय हुन्। उनलाई मैदानमा हेर्नु रोमाञ्चक रह्यो अनि प्रशिक्षकको रूपमा पनि उनी उत्तिकै प्रभावशाली रहने हामीलाई पूर्ण विश्वास छ। एकजना खेलाड़ीको रूपमा उनको लामो करियर र मैदानमा बनाएको आँकड़ाले उनको कौशल र समर्पणबारे धेरै कुराहरू बयान गर्छ। उनले यस नयाँ पेशादार अध्यायमा पनि त्यही गुणवत्ता र प्रतिबद्धता ल्याउने मलाई विश्वास छ। यस ३९ वर्षीय खेलाड़ीले २००४-मा भारतको निम्ति पदार्पण गरेका थिए। उनीसँग दुई दशकभन्दा अधिकको विशाल ब्याटिंग अनुभव छ। कार्तिकले भारतको निम्ति २६ वटा टेस्ट, ९४ वटा वनडे र ६० वटा टी२०आई म्याच खेले। यसको साथमा उनले आईपीएलमा २५७ वटा म्याच खेलेर २२ वटा अर्द्धशतकको साथ जम्मा ४८४२ रन बनाए। ब्याटिंग प्रशिक्षक र मेण्टरको रूपमा नियुक्तिमाथि कार्तिकले भने, पेशादार स्तरमा कोचिंग गर्नु मेरो निम्ति अविश्वसनीय रूपले रोमाञ्चक हुनेछ। म आफ्नो जीवनको नयाँ अध्यायलाई लिएर म वास्तवमा भावुक र उत्साहित छु। एकजना खेलाड़ीको रूपमा मेरो अनुभवले टीमको विकासमा योगदान दिन सक्ने आशा गरेको छु। टीमका प्रतिभाशाली खेलाड़ीहरूसँग काम गर्नु रोचक हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement