अनुपा तामलिङले सम्हालिन् नाम्ची जिल्लाको जिल्लापालको कार्यभार

n62021970717198551403166ed4d6eb0d56f52428162e1a4b79c20203107bbdf990532364483b0948a4e876

नाम्ची: अनुपा तामलिङले नाम्ची जिल्लाको जिल्लापालको रूपमा आफ्नो कार्यभार सम्हालेकी छन्। जिल्लापाल कार्यालयमा आज निर्वतमान जिल्लापाल अन्नपूर्ण आले नवनियुक्त जिल्लापाल तामलिङलाई स्वागत जनाउॅंदै जिल्लापालको कार्यभार हस्तान्तरण गरिन्। सुश्री तामलिङ यस अघि पाकिम जिल्लाको अतिरिक्त जिल्लापालको रूपमा सेवारत थिइन्।

यस अवसरमा नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षक डा. टीएन ग्याछो, एडीसी सुभाष घिमिरे, एडीसी सुनिल मोथे, एसडीएम गोपाल के. छेत्री तथा जिल्ला प्रशासनिक केन्द्रका अन्य अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement