गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले जनरल उपेन्द्र द्विवेदीलाई भारतीय सेनाको ३०औं प्रमुखको रूपमा नियुक्त भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले यो प्रतिष्ठित पद उनको विशिष्ट करियर र राष्ट्रप्रतिको अटल समर्पणको प्रमाण रहेको बताएका छन्। मुख्यमन्त्री तामाङले जनरल द्विवेदीको नेतृत्वमा भारतीय सेनाले लचिलोपन र उत्कृष्टताको नयाँ शिखरमा पुग्ने अपेक्षा गरिएको बताएका छन्। उनले जनरल द्विवेदीको मार्गदर्शनले सेनालाई व्यावसायिकता र बहादुरीका नयाँ मापदण्डहरू स्थापित गर्दै थप उचाइमा पुर्याउने अपेक्षा गरिएको पनि बताएका छन्।