सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः जर्जियन युनाइटेड र मिक्स्ड अप् बोइज फाइनलमा

IMG_20220813_200121.jpg

१३ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा सेमिफाइनल खेलियो।

यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको पहिलो म्याचमा कालेबुङको जर्जियन युनाइटेड एफसी-ले सिक्किमको आक्रमण (Aakraman) एससी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल बिजय भुजेलले मध्यान्तर अघि छिराए।

यसरी नै दोस्रो सेमिफाइनलमा खरसाङको मिक्स्ड अप् बोइजले मानेभञ्ज्यांग एफसी-लाई १-०-ले पराजित गऱ्यो। फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *