पाकिम: विधायक तथा सामाजिक कल्याण तथा महिला एवं बाल विकास विभागकी सल्लाहकार पमिन लेप्चा र जिल्लापाल अगवाने रोहन रमेश आज पाकिम बजारमा आयोजित सप्ताहव्यापी पर्यावरण पर्व समारोहको उद्घाटन समारोहमा सहभागी बने।
वन एवं पर्यावरण विभागद्वारा आयोजित कार्यक्रममा विधायक लेप्चाले बिरुवा वितरण भ्यानलाई झण्डा हल्लाएर प्रस्थान गराइन्।
यस अवसरमा पाकिम बजारदेखि नयॉं मार्केटसम्म व्यापक स्वच्छता अभियान शुरू गरियो, जसमा सबै सक्रिय रूपमा सहभागी बने। यस अतिरिक्त पर्यावरण रक्षा र पर्यावरण अनुकूल बानीहरूको महत्वबारे जागरूकता फैलाउन वन विभागको कार्यालयमा हस्ताक्षर अभियान पनि सम्पन्न गरियो।
वन विभागद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, हरेक वर्ष १ जुलाईदेखि १४ जुलाईसम्म राज्यव्यापी रूपमा पर्यावरण पर्व पालन गरिन्छ। यस अवधि धरती माताको सम्मानमा विभिन्न पर्यावरणमुखी गतिविधिहरू आयोजना गरिन्छ।