भानु पुरस्कार साहित्यसेवी डुप छिरिङ लेप्चालाई प्रदान गर्ने घोषणासितै भाषा गौरव, सेवाश्री तथा अन्य सम्मानको घोषणा

WhatsApp-Image-2024-07-01-at-22.03.59

गान्तोक: नेपाली साहित्य परिषदले वर्षेनी भानु जयन्तीको दिन प्रदान गर्ने गरिमामय भानु पुरस्कार साहित्यसेवी डुप छिरिङ लेप्चालाई प्रदान गर्ने घोषणा गरेको छ। नेपाली साहित्य परिषदका अध्यक्ष हरि ढुङ्गेलको साथमा कार्यकारी समितिले आयोजन गरेको पत्रकार सम्मेलनमा भानु पुरस्कार समेत अन्य सम्मानहरूको घोषणा गरेका छन्। जसमा भाषा गौरव सम्मान लेप्चा भाषाको निम्ति दावा छिरिङ लेप्चा, भोटिया भाषाको निम्ति कर्मा लोब्जाङ भोटियालाई प्रदान गरिने छ। यसैगरि सेवाश्री सम्मानमा भाषा सेवाश्री भाष्कर पौड्याल,साहित्य सेवाश्री सम्मान उद्धव गोपाल श्रेष्ठ,सङ्गीत सेवाश्री सम्मान धनकुमार गुरुङ, नाट्य सेवाश्री सम्मान डॉ. भरत वशिष्ठ,पत्रकारिता सेवाश्री सम्मान नन्दु दुतराज, चित्रकारिता सेवाश्री सम्मान धीरज प्रधान, नृत्य सेवाश्री सम्मान श्रीमती गायत्री राई,श्रीमती कला भोटिया र श्रीमती ममता सिंहलाई सम्मानित गरिनेछ। यो सबै सम्मानमा अङ्गवस्त्र स्मृति चिन्ह र प्रसस्ती पत्र प्रदान गरिनेछ अध्यक्ष ढुङ्गेलले बताए। यसैगरि रामायण पाठ, कविता वाचन र सांस्कृतिक झाँकी प्रदर्शनीको पनि छुट्टा छुट्टै प्रतियोगिता हुने उनले बताएका छन्।

भाषा-साहित्यका सेवक डुप छिरिङ लेप्चा

 वर्ष २०२४ को भानु पुरस्कार अर्पण गरिने डुप छिरिङ लेप्चाले नेपाली भाषा साहित्यको निम्ति पछिल्लो २७ वर्षदेखि निरन्तर कार्य गर्दै आएका छन्। उनले डा. शोभाकान्ती थेगिम (लेप्चा) मेरमोरियल ट्रस्ट गठन गरेर पछिल्लो २७ वर्षदेखि निरन्तर पुरस्कार प्रदान गर्दै आएका छन्। यसैगरि उनले पुस्तक प्रकाशन, संगीत प्रकाशन जस्ता कार्यहरूमा प्रत्यक्ष र परोक्ष योगदान पुऱ्याइरहेका छन्।  भानु पुरस्कार कृतिको आधारमा नभएर भाषा-साहित्यको सेवाको आधारमा प्रदान गरिन्छ। पुरस्कारमा प्रशस्ति पत्र, ताम्रपत्र, अङ्गवस्त्रसहित नगद राशि रूपियाँ ५१ हजार प्रदान गरिन्छ । उल्लेखनीय छ लेप्चाले नेपाली साहित्यमा दिएको योगदानको कदर गर्दै सिक्किमको चर्चित चिया कविताले वर्ष २०२३ मा प्रथम चिया कविता पुरस्कार प्रदान गरिसकेको छ। यसैगरि लेप्चा संगठन र अन्य संघ संस्थाहरूबाट पनि सम्मान र प्रसस्ती पत्रले विभूषित भइसकेका साहित्यसेवी लेप्चाले आफ्नो नाम यो पुरस्कारको निम्ति चयन भएकोमा हर्ष प्रकट गरेका छन्। उनले पुरस्कार आफ्नी प्रिय पत्नी स्वर्गीय डा. शोभाकान्ति थेगिम(लेप्चा)को कर्मलाई निरन्तरताको निम्ति प्राप्त भएको बताउँदै यसको श्रेय उनै सर्जक,परिवार र ट्रस्टका सहकर्मीहरूलाई जाने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement