मंगन जिल्लाका जिल्लापाले गरे मनसुन तयारीलाई लिएर विभागका अधिकारीहरूसँग बैठक

IMG-20240701-WA0306

मंगन: मंगन जिल्लाका जिल्लापाल अन्नत जैनको अध्यक्षतामा आज मनसुन तयारीलाई लिएर एक समीक्षा सभा सम्पन्न भयो। मंगन जिल्लाको पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभामा पुलिस अधिक्षक सोनम देट्छु भोटिया, अतिरिक्त जिल्लापाल विशु लामा, महकुमा अधिकारी अरूण छेत्री लगायत विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। सभालाई सम्बोधन गर्दै जिल्लापाल अन्नत जैनले यस सभा आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्य मनसुन तयारीलाई लिएर विभिन्न विभागको योजचनाबारे छलफल गर्नु रहेको बताए। विशेष गरेर मनसुन तयारीलाई लिएर विभागले एक आपसमा समन्वय कायम राख्नु पर्ने र सडक एवम पुलको समस्या स्थायीरूपमा समाधान गर्नुपर्ने र सम्वन्धित निकायले तकनिकी रिपोर्ट प्रस्तुत गर्नुपर्ने सुझाउ दिए। सभामा चुङथाङदेखि फिदाङ र सिपेयर भएर जाने सडक आगामी दुई तीन दिनमा खोलिने जानकारी गराइयो। सोही प्रकारले प्रधानमन्त्री सडक योजना अन्तर्गत निर्माम गरिएको ५२ वटा सडक मध्ये १२ वटा पुरा भएको र रहल २० वटा सडक एक हप्ताभरिमा पुरा गरिने अवगत गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement