१०५औं हर्ली मेमोरियल कपः दार्जीलिङ डायनामो फाइनलमा

IMG_20220813_195323.jpg

१३ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधान अनि युवा एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा शनिवार रोमाञ्चक जीतको साथ दार्जीलिङ डायनामोले फाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दोस्रो सेमिफाइनल म्याचमा दार्जीलिङ डायनामोले सेण्ट जोसेफ्स कलेजलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सन्दीप पञ्चकोटीले २ र पुजन सुब्बाले १ गोल गरे। यसरी नै सेण्ट जोसेफ्स कलेजबाट रितिक रावतले १ गोल गरे। अब १५ अगस्तको दिन खेलिने फाइनलमा दार्जीलिङ डायनामोले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-को चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement