सिलगढ़ी युनाइटेड एफसी फाइनलमा

IMG_20220813_194919.jpg

१३ अगस्तः भारतको ७५औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा बर्मिओक (सिक्किम)-मा आयोजित बर्मिओक जन एथिंग राई बाहादुर टी.डी. डेनसापा मेमोरियल फूटबल टुर्नामेण्ट (सिल्वर जुब्ली सेलिब्रेशन)-मा सिलगढ़ी युनाइटेड एफसी-ले फाइनलमा स्थान बनायो। शनिवार खेलिएको सेमिफाइनल म्याचमा सिलगढ़ी युनाइटेड एफसी-ले स्थानीय टीम बज्ज बोइजलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट बिरेन प्रधानले २ अनि स्माइल तामाङले १ गोल गरे। सिलगढ़ी युनाइटेडका शुभम लामालाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १.२ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement