खरसाङको रोहिणी रोडको जीर्णावस्थामाथि ब्यंग्य कस्दै हाम्रो पार्टीले विकास मोडलको फूल हातमा लिएर जनाए स्वागत

IMG-20240701-WA0292

खरसाङ: खरसाङको रोहिणी रोडको जीर्णवस्थामाथि ब्यंग्य कस्दै हाम्रो पार्टीको समर्थकहरूले हात हातमा फूल लिएर स्वागत जनाएका छन्। रोहिणी रोडको अवस्था दिन प्रति दिन जीर्ण हुँदै जाँदैछ। रोडको बीच बीचमा ठूल्ठूला प्वाँलहरू परेका छन् अनि ती प्वालहरूमा बर्खा यामको पानी जमेर स्विमिङ पूलको रूप धारण गरेका छन्। दार्जीलिङ सिलगढी आवात जावातको निम्ति रोहिणी रोडलाई प्रमुख रोडको प्रयोग गरिन्छ तर रोडको यस्तो अवस्थादेखि यात्रीहरूसँगसंगै स्थानीय मानिसहरू पनि हैरान भएको हाम्रो पार्टीको खरसाङ महकुमा समिति अध्यक्ष विवेक तामाङले बताएका छन्। जीटीएको सत्ता चौकीमा बस्ने वर्तमान राजनैतिक दलको नेतृत्वहरूमाथि ब्यंग्य कस्दै हाम्रो पार्टी खरसाङ महकुमा समिति अध्यक्ष विवेक तामाङले अघि भने, रोहिणी रोडको जीर्णावस्थालाई हेरेर तपाईहरू सबैले जीटीएको सत्ता चौकी बस्नेहरूको विकास मोडल हेरी हालेको बताए। जीटीएको सत्ता चौकीमा बस्नेहरूको विकास मोडललाई स्वागत जनाउन हामी हात हातमा फूलको गुच्छाहरू लिएर बसेका छौं तिनले भने।

अध्यक्ष तामाङले अझ भने, हामी हात हातमा फूलको गुच्छाहरू लिएर उँभिएको रोड भएर रोहिनी झील, रोहिनी गैरी गाउँ, रोहिणी लेप्चाटार जाने बाटो हो। यो बाटोको अवस्था यति खराब छ, रोड बीच बीचमा जमेको पानीमा नानीहरू स्विमिङ खेल्न सक्छ। यो रोडको केहीमाथि मात्र जीटीए चिफ् अनित थापाले दुई तीन ऐकर जमीन किनेको छ अनि ती जमीनमा प्रत्येक दुई तीन माज्दा गाडीहरूमा विभिन्न प्रकारको सर समाग्रीहरू लिएर जाने गर्छन्। तर यो रोडको अवस्था गत ६, ७ वर्षदेखि जीर्णावस्थामा रहेको छ।गत केही महिना अघि सम्पन्न भएको पञ्चायत चुनावमा यो रोड चुनावी मुद्दा बनेको थियो अनि स्थानीय मानिसहरूको भोट लिएर उनीहरू निर्वाचित भए तर रोडको अवस्था जस्तोको तस्तै छ अध्यक्ष तामाङले भने। यो रोड भएर आउने पयर्टकहरूले रोहिणी टोल ट्याक्समा ट्याक्स तिर्छ तिनले भने। हामीलाई टोल टयाक्ससंग कुनै आपत्ति छैन अनि यो रोड भएर पयर्टकहरू रोहिणी झील जान्छ अनि झीलमा प्रवेस गर्नलाई गाडीको रूपियाँ ३० रुपियाँ मानिसको २० रूपियाँ अनि बाइकको १० रूपिया प्रवेस शुल्क लिने गर्छन् तर रोडको अवस्था भने यस्तो छ भन्दै अध्यक्ष तामाङले बताए। गत २०१९ मा रोहिणी झीलको निर्माण कार्य शुरू भएको थियो त्यस अवधि रोड टयाक्स थियो तर रोडको निर्माण भएन। रोहिणी झीलको सेकेण्ड फेसको काम हुँदैछ। हामी यी दुवै फेसको काममा आरटीआई दर्ता गर्नेछौं अध्यक्ष तामाङले भने। आरटीआई रिपोर्टमा रोहिणी रोड टक्यास संग्रह गरेको रिपोर्टमा पाएको खण्डमा त्यस समय रोडको जीर्णद्वार किन गरिएन भन्ने विषयमाथि हामी कुन ठाउँमा गएर कार्वाहीको अर्जी चढाउने पर्ने हो त्यो हामी गर्नेछौं तिनले भने।

अध्यक्ष तामाङले अझ भने, गोर्खाल्याण्ड भन्ने शब्दलाई तहस नहस गरेर विकाशको कुरा गर्नेहरूको विकाश के यस्तै हो भन्दै तिनले ब्यग्य कस्यो। आज हामीले फूलको गुच्छाहरू लिएर स्वागत मात्र जनाएका छौं यदि रोहिणी रोडको अवस्था यस्तै रहे हामी रोडमा धान रोप्न आदि जस्ता कार्यहरू पनि गर्न बेर लगाउने छैनौं अध्यक्ष तामाङले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement