खरसाङ: जीटीए अनि खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा यस वर्ष भव्य रूपमा स्वतन्त्रता दिवस मनाउने भएको छ। यसको निम्ति आज खरसाङ नगरपालिका अध्यक्षको कार्यालयमा अध्यक्ष ब्रिगेन गुरूङको सभापतित्वमा एक सभा सम्पन्न गरियो। नगरपालिकाको बड़ाबाबु सुरेन कटुवालद्धारा सञ्चालित सभामा क्षेत्रीय सभासद श्याम शेर्पा, मनोनित सभासद प्रणाम रसाईली, भागोप्रमो केन्द्रीय सदस्य पेमेन्द्र गुरूङ अनि प्रितम कुमार छेत्रीले कार्यक्रम सम्बन्धी विभिन्न सुझाउहरू राखेका थिए। समारोहलाई सम्पन्न गर्न खरसाङ महकुमा अन्तर्गत रहेका सम्पूर्ण स्कूल प्रमुखहरू लगायत शिक्षक-शिक्षिकाहरू, खेलकूद संघसस्थाका प्रतिनिधिहरू, कलेजका प्रिन्सिपलहरू , अग्निशमन विभाग, स्वास्थ्य विभाग, स्काउट-गाइड आदिलाई निमन्त्रणा गरेर सबैको उपस्थितिमा स्वतन्त्रता दिवस आयोजक समिति बनाइने सभामा जनाउँदै यसको निम्ति सबैलाई पत्रचार गर्न संयोजकको रूपमा खरसाड नगरपालिका उपाध्यक्ष सुवास प्रधानलाई सर्वसमितिले नाम प्रस्ताव ग्रहण गरियो।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद श्याम शेर्पा र प्रणाम रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।