भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा नोकडाडामा

46c188fe-233f-4b6a-851f-619ffe4797d8-1

गोरुबथान- ४१ नम्बर समष्टि अन्तर्गत नोकडाँडा सामुदायिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सम्पन्न भएको खबर प्राप्त भएको  छ।‌ यस सभामा विधायक रूदेन सादा लेप्चा,  कल्पना तामाङ, सञ्चबीर सुब्बा लगायत पार्टीका अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नोकडाँडा शुभ-बजार नजिकै सामुदायिक भवनमा पार्टीको सभा भएको थियो। यसै सभाकै क्रममा हाम्रो पार्टीका संस्थापक सदस्यहरू, गोर्खा जनमुक्ति मोर्चाका नेतृत्ववर्ग एवम् प्रतिनिधिहरू लगायत भारतीय जनता पार्टीका मण्डल समिति प्रतिनिधि एवम् सदस्यहरू आ-आफ्नो दल एवम् पद त्याग गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए।

विधायक लेप्चाले आफ्नो कालेबुङको विकासको अवधारणालाई आत्मसात गर्दै आफु र आफ्नो पार्टीमा ठुलो सङ्ख्यामा मानिसहरू जोडिएकोमा अत्यन्त हर्ष लागेको बताउनुभयो। अब हामी एकजुट बनेर हाम्रो मुख्य मुद्दा एवम् मूलभूत समस्याहरू समाधान गर्ने दिशामा एकजुटताको साथमा उभिन लागेको उहाँको भनाइ थियो। यसरी आफुहरूसँग आम सर्वसाधारण जोडिन्दा पक्कै नै नयाँ जोस एवम् उमङ्ग सृजना भएको तिनको भनाइ थियो। कालेबुङले जिल्ला परिषदको पुरानो गरिमालाई फर्काइल्याउन तथा गाउँ बस्तीका मानिसहरू पञ्चायतको सहुलियतबाट नछुटोस् भन्ने आफुहरूको विचारको यात्रामा आज पार्टीमा जोडिने सबै सबैलाई न्यानो स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement