खरसाङ: खरसाङ नगरपालिकामा राष्ट्रिय डाक्टर दिवस पालन गरिएको छ। प्रत्येक वर्ष १ जुलाईको दिन प्रसिध्द साधारण रोग विशेषज्ञ एंव स्वतन्त्रता सेनानी साथै पश्चिम बंगालको पूर्व मुख्यमन्त्री डाक्टर विधान रोयको जन्म जयन्तीमा राष्ट्रीय डाक्टर दिवस प्रत्येक वर्ष नै भव्य रूपमा पालन गरिन्छ। यस वर्ष पनि खरसाड नगरपालिकामा कार्यरत् डाक्टरहरूलाई सम्मान स्वरूप खदामाला एवं केक काटेर डाक्टर दिवस पालन गरियो। आजको दिन स्वर्गीय डाक्टर विधान रोयको जन्मदिन १ जुलाई प्रत्येक वर्ष नै भारतभरिमा डाक्टर दिवसको रूपमा पालन गरिन्छ।
उनले देशप्रति दिएको अतुलनीय योगदानको कदर गर्दै उनको स्मरणमा आजको दिन अर्थात १ जुलाईको दिन मनाइनेछ।यसै क्रममा खरसाङ नगरपालिकाकोमा पनि डाक्टर दिवस पालन गरिएको छ। यस अवसरमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानको विशेष उपस्थितिमा डाक्टरहरूलाई बोलाएर केक काटेर साथै सबैको बाहुलीबाट खदार्पणसहित डाक्टरहरूलाई सम्मान जनाइएको छ।

उक्त डाक्टर दिवस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।