महानदीमा एनएच ५५ सड़कनै धस्किएर गएपछि एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त अनि ५-६ वटा घरहरू पैह्रोको चपेटमा

IMG-20240701-WA0234

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदीको तिरसठ लाइनमा पैह्रो गएर एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ भने अन्य ५-६वटा घरहरू पैह्रोको चपेटमा परेको छ। महानदीको तिरसठ पाखामा रहेको एनएच ५५ सड़कको आधा भाग नै पैह्रोले सोहोरेर लगेपछि सड़क नजिक रहेको घरहरू सबै पैह्रोको चपेटमा परेको छ। उक्त पैह्रोले तिरसठ लाइनको सड़कमुनि रहेको मोति बराईलीको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। हिजो साँझ महानदीको तिरसठ पाखास्थित एनएच ५५ चर्किएको अवस्थामा रहेको र राती नै सड़क थसिएको अनि राती नै सड़क मुनितिरको घरहरू पैह्रोको चपेटमा परेको छ।

राती नै पैह्रको चपेटमा परेको घरहरूबाट मानिसहरू घरबाट निस्केर अन्यतिरको घरहरूमा आश्रय लिएका थिए भने बिहान उक्त थस्सिएको सड़कबाट वरिपरिका घरहरू पैह्रोको चपेटमा परेको देखिएको छ। यस क्रममा मोति बराईलीको घर पैह्रोले क्षतिग्रस्त बनाएको छ भने गाउँलेहरू मिलेर उक्त घरबाट केही सामानहरू निकालिएको छ भने धेरै सर सामानहरू घरभित्र नै रहेको जानकारी प्राप्त भएको छ। मोति बराईली र उनको छोरा नै काम गर्न बाहिर रहेको र बुहारी माइत गएको बेला पैह्रोले घर क्षतिग्रस्त पारेको छ। त्यसरी नै केशर राई र कविता राईको घर वरिपरि चर्किएको अवस्थामा रहेको साथै पाईखाना पैह्रोले तान्न लागेको अवस्थामा रहेको छ। त्यसरी नै मदन भुजेलको नयाँ घर सड़कबाट नै गएको पैह्रोले खतरामा देखिएको छ। उनको घरको तल्लो तलबाट नै पैह्रो गएको कारणले घरको सबै सर सामानहरू निकालेर अरूकोतिर राखिने व्यवस्था गरिरहेको देखिएको छ। उक्त पैह्रोले बिन्दु तामाङ, जसकुमार घतानी र वाङ तामाङको घर पनि खतरामा परेको जानकारी प्राप्त भएको छ। यो पैह्रोको कारणले महानदी टके तिरसठ पाखा गाउँलाई नै खतरा उत्पन्न भएको छ। उक्त पैह्रोको निरीक्षण गर्नलाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा उपस्थित रहेका थिए। सड़कमा नालीको व्यवस्था सठीक नभएको कारणले पानी बगेर यो पैह्रो गएको स्थानीयहरूले बताएका छन्। उक्त पैह्रो गएपछि तिरसठ गाउँ समाजको सचिव रमेश शंकर लगायत स्थानीयहरू चन्दा गुरुङ, नितु खवास छेत्री, पासाङ शेर्पा लवाङ तामाङ लगायत अन्यहरूको अगुवाईमा उध्दार सहयोगको कार्य गरिएको छ। उक्त पैह्रो विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पैह्रो प्रभावित परिवारहरू क्रमैले कविता राईले घर वरिपरि चर्किएको साथै टोयलेट पैह्रोले तानेर तान्न लागेको बताएका छन्। उनले सड़क चर्किएको देखेर हिजो राति नै अरूको घरमा आश्रय लिएको बिहान आएर हेर्दा घर वरिपरि चर्किएको र टोयलेट पैह्रोको चपेटमा परेको देखिएको र यस्तो अवस्था देखेर धेरै डर भईरहेको बताएकी छन्। त्यसरी नै पैह्रोले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको मोति बराईलीकी बुहारी अनिता सिंहले आफु माइत गएको समय आज बिहान पैह्रो गएर घर क्षतिगस्त भएको जानकारी गराइन्। उनले पति र सासु दुवै बाहिर रहेको बताउँदै पैह्रोले सबै घर क्षतिग्रस्त भएपछि केही सामानहरू मात्र निकाल्न पाएको र धेरै सामानहरू भित्र नै रहेको बताएकी छन्।

यही क्रममा मदन भुजेलले आफ्नो नयाँ घरमा पैह्रोले क्षतिग्रस्त हुनको साथै पैह्रोको चपेटमा परेर धेरै डर भएको जानकारी गराएका छन्। उनले पैह्रोले घर चपेटमा आएपछि घरको सामानहरू अरुतिर सार्ने कार्य गरिने बताएका छन्। महानदीको तिरसठ पाखामा गएको पैह्रो विषयमा चन्दा गुरुङ र नितु खवास छेत्री साथै तिरसठ गाउँ समाजको सचिव रमेश शंकरले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement