सिलगढ़ी: सिलगढ़ी नगर निगमको वार्ड नम्बर १५ मा सुरक्षा दृष्टिकोणले आजदेखि सीसीटीवी क्यामरा लगाउने काम शुरू भएको छ।
जानकारी अनुसार, वार्डक मूल मार्गहरू र चौरस्तामा सीसीटीवी क्यामरा लगाइनेछ। सिलगढ़ी नगर निगमका डिप्टी मेयर रन्जन सरकारको उपस्थितिमा वार्डमा क्यामरा लगाउने काम शुरू गरिएको छ।
यस अवसरमा डिप्टी मेयर रन्जन सरकारले भने, ‘नर्थ बंगाल इन्डस्ट्रीड्ज एसोशियनको तर्फबाट १६ सीसीटीवी क्यामरा प्रदान गरिएको छ। जसलाई वार्डमा लगाउने काम शुरू भएको छ। शहरका लगभग पाँच वार्डहरूमा पहिलेदेखि नै सीसीटीवी क्यामरा लगाइएको छ। आउने दिनहरूमा सबै वार्डहरूमा चरणबद्ध तरीकाले सीसीटीवी क्यामरा लगाइनेछ’।