कोचबिहार: पश्चिम बंगालको कोचबिहार जिल्लामा छिनताइको घटना प्रकाशमा आएको छ। आरोपी बसभित्र पसे, चालकलाई कुटपिट गरी झोला खोसेर भागे। झोला खोस्दै गर्दा असमाजिक तत्वहरुले गाडी चालकलाई कुटपिट गर्नुका साथै बन्दुकले गोली चलाए। तर, उनीहरुले कुनै पनि यात्रुलाई कुनै हानी पुर्याएनन्। यो घटना कोचबिहार जिल्लाको घोक्सडांगा थानाअन्तर्गत राइस मिल क्षेत्रमा भएको हो। समाचारअनुसार कारका चालक पछाडिको सिटमा आराम गरिरहेका थिए भने अर्का चालकले कार चलाइरहेका थिए। सोही क्रममा तीन चार जना समाजिक तत्वले बसभित्र पसेर बन्दुकको गोली प्रहार गरी बस चालक र कन्ट्याक्टरबाट झोला खोसे। उक्त झोलामा बसमा लुगासहित केही पार्सल रहेकाले कुनै पनि यात्रुलाई हानि नपुगेकाले पार्सल लुट्न आएका हुनसक्ने अनुमान गरिएको छ। यद्यपी यो पार्सलमा के थियो भन्ने खुल्न सकेको छैन। तर यो घटना सार्वजनिक भएपछि कोचबिहार जिल्लामा सनसनी मच्चिएको छ। यस घटनाको जानकारी प्राप्त हुने बित्तिकै कोचबिहारका पुलिस अधीक्षक र अन्य अधिकारीहरू घटनास्थलमा पुगेका थिए। पुलिसले यस विषयमा सम्पूर्ण अनुसन्धान थालेको छ।