अलिपुरद्वार: अलीपुरद्वार पुलिस स्टेशनमा मानिसहरूले पछिल्ला केही महिनाहरूमा धेरै मोबाइल फोनहरू चोरी र हराएको रिपोर्ट दर्ता गरेका थिए। पुलिसले घटनाको अनुसन्धान गर्दा २८ वटा मोबाइल बरामद गरेको थियो।सोमबार अलिपुरद्वार पुलिस स्टेशनको पुलिसले मोबाइल मालिकहरूलाई बोलाएर उनीहरूको मोबाइलहरू फर्काइदिएको छ।

यसरी हराएको मोबाइल पुन प्राप्त गरेर सबैजना धेरै खुसी भए र पुलिसलाई धन्यवाद दिए।