विराटनगर: इस्लामी संघ नेपाल सुनसरीले मदिरा तथा लागुऔषध विरुद्धको राष्ट्रव्यापी अभियान सप्ताह अन्र्तगत संगोष्ठी सम्पन्न गरेको छ। नेपाली समाजमा रक्सी तथा लागु औषधको कुलत दिन प्रति दिन बढदै गएकाले समाजलाई चेतनशील बनाएर युवा पिढीको संरक्षणका लागि समाजिक दायित्व बहन गर्दै रक्सी तथा लागुऔषध विरुद्धको राष्ट्रव्यापी अभियान सप्ताह अन्र्तगत संगोष्ठीको आयोजना गरिएको हो। इस्लामी संघ नेपाल सुनसरीका अध्यक्ष मौलाना इल्यास मियाँ फलाहीको अध्यक्षतामा सम्पन्न सो संगोष्ठी कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी,१ न० वार्डका वार्ड अध्यक्ष प्रविण प्रसाद गुप्ता ,इस्लामी संघ नेपालको केन्द्रिय सदस्य मौलाना अत्तहर फलाही, दावाह एण्ड इस्लाह सेन्टर नेपालका अध्यक्ष मौलाना शहाबुद्दिन मदनी, बाल कृष्ण मा.वि. भुटाहाका प्रध्यानाध्यापक नजाम अन्सारी समेतले रक्सी तथा लागुऔषधको समाज, युवा पिढीमा बढदै गएको र यसको निवारण रोकथामका लागि सबैले अभियानमा लाग्नु पर्ने विचार राखेका थिए। इस्लामी संघ नेपाल एउटा धार्मिक तथा समाजिक संस्था हो जसले विगत ४० वर्ष देखि धार्मिक सचेतना, तथा अन्तरधार्मिक सौहार्दको वातावरण कायम गर्ने पर्यासका साथ मुस्लमानहरुको धार्मिक, समाजिक,शैक्षिक उन्नतिका लागि आफनो दायित्व निर्वाह गर्दै आईरहेको छ। यस संस्थाले मिति २०२४ जून २४ मंगलबारदेखि जून ३० आइतबारसम्म रक्सी तथा लागूऔषध विरुद्धको राष्ट्रियव्यापी अभियान सप्ताह मनाउने क्रममा सो संगोष्ठीको आयोजना गरिएको थियो।