खरसाङ: गोर्खा जन पुस्तकालय अनि गोर्खा सांस्कृतिक संस्थान खर्साङको संयुक्त आयोजनामा क्याप्टन रामसिंह ठकुरीको सुपुत्र रमेश ठाकुरी अनि वरिष्ठ हिन्दी साहित्यकार राजेन्द्र राजेनको सम्मानको लागि अभिनन्दन समारोह आयोजना गरेको थियो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाको प्रमुख कार्यपाल अनित कुमार थापाको प्रमुख अतिथि एवं आशा मुखिया लामा अध्यक्षतामा भव्य रुपमा सम्पन्न भयो। यस अभिनन्दन समारोहमा अभिनन्दित व्यक्तित्वद्वय रमेश ठाकुरी अनि राजेन्द्र राजेनलाई सर्वनाम समूह मङ्पुले पनि सम्मान जनाएका छन्।

सर्वनाम समूहको पक्षमा सम्वर्द्धना पत्र समूहको सभापति जगत राई अनि सचिव पुष्कर सिंगरले पठन गरेका थिए भने उक्त पत्र समूहको संयोजक सुरेन्द्र थिङ अनि सचिव शरण मुस्कानको बाहुलीबाट प्रदान गरियो। अभिनन्दित ब्यक्तित्वद्वयलाई सर्वनाम समूहले स्मृति चिन्ह पनि प्रदान गरिएको थियो। उक्त स्मृति चिन्ह समारोहको प्रमुख अतिथि जीटीएको मुख्य कार्यपाल अनित कुमार थापा अनि समूहकै मिडिया प्रभारी केशर मोक्तान गाउँलेको बाहुलीबाट प्रदान गरिएको थियो। संस्थाको पक्षबाट प्रमिला मुखिया अनि कोषाध्यक्ष नवमी तामाङको बाहुलीबाट आजको दुई सम्बर्ध्दित ब्यक्तिहरुलाई खदा लगाई दिएर सम्मान जनाइएको थियो।