अलराउण्डर जडेजाले पनि टी२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिए

IMG-20240630-WA0267

नयाँ दिल्ली: आईसीसी टी२० वर्ल्ड कपमा खिताब जितेपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीको लगत्तै पछि स्टार अलराउण्डर रविन्द्र जडेजाले पनि टी२० अन्तर्राष्ट्रिय प्रारूपबाट सन्न्यासको घोषणा गरे। जडेजाले फाइनल म्याचपछि ड्रेसिंग रूममा ट्रफीसँग आफ्नो एउटा तस्वीर शेयर गर्दै सोशल मीडियाको माध्यमले सन्न्यासको घोषणा गरेका छन्। उनले लेखेका छन्, कृतज्ञताले भरिएको हृदयको साथ म टी२० अन्तर्राष्ट्रिय म्याचहरूलाई बिदाई जनाइरहेको छु। मैले आफ्नो देशको निम्ति सदा आफ्नो सर्वश्रेष्ठ दिए अनि अन्य प्रारूपहरूमा यस्तो गर्न जारी राख्नेछु। टी२० वर्ल्ड कप जित्नु सपना साकार हुनु जस्तो रह्यो। यादहरू, जयजयकारहरू र अटूट समर्थनको निम्ति धन्यवाद। एमएस धोनीको कप्तानीमा जडेजाले फरवरी २००९-मा श्रीलंका विरुद्ध पदार्पण गरेपछि ७४ वटा टी२०आई म्याच खेलेर ५१५ रन बनाए अनि ५४ विकेट पनि हासिल गरे। जडेजा उत्कृष्ट बलर र उपयोगी ब्याटरको साथमा स्तरीय फील्डर पनि रहे। यसपाली टी२० विश्व कपमा चाहिँ उनलाई सर्वश्रेष्ठ फर्ममा देखिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement