नेहुर बालासनमा मोतिलाल मोक्तान स्मृति फूटबल टुर्नामेण्ट १४ जुलाईदेखि शुरु हुने

IMG-20240630-WA0264

बालासन: नेहुर बालासन ड्रीमर्स फूटबल क्लबको तत्त्वावधानमा आउँदो १४ जुलाईदेखि मोतिलाल मोक्तान स्मृति ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२४ आयोजन गरिनेछ। नेहुर बालासन खेल मैदानमा हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क १७०० रुपियाँ तोकिएको छ। इच्छुक टीमहरूले पोस्टरमा उल्लेखित नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement