३३औं नेपाली भाषा मान्यता दिवस पालनलाई लिएर जरूरी सभा सम्पन्न

n6200685571719771937724be51edf183d7be845cf931b06a9945cebe3c918554b0a1dd34a55dc12eb77d5a

नाम्ची: साेरेङ जिल्लाअन्तर्गत मङ्गलबारेमा आज ३३औं नेपाली भाषा मान्यता दिवस पालनलाई लिएर जरूरी सभा सम्पन्न भयाे। साे सभाकाे अध्यक्षता महकुमा अधिकारी एवं स्फुरण साहित्य पत्रिकाका प्रधान सम्पादक सन्ताेष आलेले गरेका थिए।

सभा शुरू हुन भन्दाअघि साहित्यकार सन्ताेष आले मङ्गलबारेकाे महकुमा अधिकारी भएकाेमा उपस्थितजनले बधाई शुभकामना दिए।

यस क्रममा सम्बाेधन गर्दै अधिकारी आलेले सामाजिक सञ्जाल आदिमा आफूलाई बधाई-शुभकामना दिनेहरूलाई धन्यवाद दिए। उनले याे आफ्नो मात्र प्राप्ति नभएर मङ्गलबारेकै प्राप्ति रहेकाे बताए। यसरी नै स्फुरण साहित्य प्रकाशन समितिका अध्यक्ष बीबी गुरूङले सभामा भाषा मान्यता दिवस आयाेजना समितिकाे पुरानाे समिति विगठन गरेर नयाँ समिति गठन गर्नु कि नगर्नु भनी सल्लहा राखेका थिए।

सभाले साहित्यकार सन्ताेष आलेलाई नै नेपाली भाषा मान्यता दिवस आयाेजना समितिकाे फेरि पनि अध्यक्ष राख्ने निर्णय लियाे। सभाले प्रत्येक वर्ष जस्तै हाजिरीजवाफ प्रतियाेगिता, स्थानीय भाषामा कविता वाचन प्रतियाेगिता आदि राख्ने निर्णय लिएकाे छ। सभाले साे आयाेजना समितिमा कतिपय पदहरूकाे फेरबदल पनि गरेकाे छ।

यस्तै प्रकारले आगामी भाषा मान्यता दिवसकाे कार्यक्रममा रिञ्चेबुङ समष्टिका विधायक इरूङ तेञ्जिङ लेप्चा, मुख्य अभियन्ता रिञ्जिङ दाेर्जी ग्याल्छेन, वरिष्ठ नागरिक नवराज प्रधान र शिक्षक धनकुमार गुरूङलाई अभिनन्दन जनाइने निर्णय लिइएको छ। साे कार्यक्रममा रिनाकका संस्कृति-साहित्य सेवक गणेश प्रधान र संगीतकार नरेन गुरूङलाई स्फुरण साहित्य सम्मान प्रदान गरिने छ भने रेजिना तामाङ र एडिन राईलाई प्रशंसा पत्र प्रदान गरिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement