सिलगढी: आज दार्जिलिङ जिल्ला सीपीआई-ले तृणमूल कङ्ग्रेस विरूद्ध भ्रष्टाचारको आरोप लगायत विविध मागलाई लिएर सिलगढीको झंकार मोड़मा विरोध प्रदर्शन गन्यो। सीपीआई-का नेताहरू अनि कार्यकर्ताहरूले धेरै समयसम्म उक्त प्रदर्शन जारी राखे। यसबारे भाकपा नेता पार्थ मैत्रले भने, तृणमूल काङ्ग्रेस चोर अनि डकैतले भरिएको छ। तृणमूलको प्रत्येक नेताको घरमा छानबिन गयो भने करोडी रूपियाँ फेला पर्नेछ। यसको जड़ राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी स्वयम् रहेको तिनले आरोप लगाए। तिनले चाँजो भन्दा चाँडो तिनलाई पक्राउ गरिनु पर्ने माग पनि गरेका छन्।