गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यस्तरीय ग्वाला दिवस २०२४ को अवसरमा सिक्किमका जनसमुदाय विशेषरूपमा दुग्ध उत्पादकहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ग्वाला दिवस राज्यका सबै सम्मानित श्रमसाध्य दुग्ध उत्पादकहरूको सशक्तिकरण एवं प्रोत्साहन हेतु समर्पित राज्य सरकारको अद्वितीय योजना हो। यस योजनाले ग्रामीण अर्थव्यवस्थामा उल्लेखनीय वृद्धि भइरहेको छ, जसले राज्य सरकारको ग्वाला समुदायप्रति प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
राज्यपाल आचार्यले ग्लावाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै उनीहरूका अथक परिश्रमका कारण राज्यमा उच्च गुणवत्त दुग्ध उत्पाद उपलब्ध भइरहेको बताएका छन्। उनले डेयरी किसानहरूको परिश्रम र समर्पणको सम्मान गर्दै उन्नतिशील, प्रगतिशील समाज निर्माण गर्न आह्वान गरेका छन्।










