अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुकी आमाको निधनमा मुख्यमन्त्री तामाङले गरे गहिरो शोक व्यक्त

n62007451617197705659380ce1bf10a1198cde24850fad789ad7b1e78725711365c3b54ac6307093f156e2

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुकी आमाको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनी आज मुख्यमन्त्री खाण्डुलगायत शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्न तवाङ पुगेका थिए।

मुख्यमन्त्री तामाङले खाण्डु र परिवारजनमा गहिरो समवेदना प्रकट गरे। मुख्यमन्त्रीले यस दु:खको समयमा उनका समवेदना र प्रार्थनाहरू शोकसन्तप्त परिवार र आफन्तजनसॅंग रहेको बताउॅंदै मृत आत्माको चिर शान्तिको कामना गरेका छन्।

मुख्यमन्त्री खाण्डुले पनि यस कठिन समयमा मुख्यमन्त्रीको भ्रमण र निरन्तर सहयोगका लागि धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement