ग्वाला दिवसमा राज्यबासीलाई मुख्यमन्त्रीको शुभकामना

n5427992441696084783972fcf9dff575491758049945b6d75a1420230ad4a3a76eae6db4029567d2e2a91c.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिँह तामाङले ग्वाला दिवस २०२४ को महत्त्वपूर्ण अवसरमा सिक्किमबासीलाई शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो सन्देशमा सबैको सुस्वास्थ्य, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरे। भिन्न मौसम र अन्य चुनौतीहरूको स्थितिमा किसानहरूको समर्पण र कडा परिश्रम साँच्चै प्रशंसनीय छ भन्दै उनले समाजमा उनीहरुको अतुलनीय योगदान सराहनीय रहेको उल्लेख गरेका छन्। प्रतिकूल मौसममा अथक प्रयास गर्ने किसानहरु हाम्रो लागि मेहनती योद्धा हुन् भन्दै उनले यस महत्वपूर्ण दिनको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गरे। किसानहरूले प्राकृतिक खेती र पशुपालन अप्नाउने प्रयासहरूले भारतलाई विश्वव्यापी रूपमा एक अग्रणी दूध उत्पादक बनाएको मुख्यमन्त्रीले बताए। सिक्किममा हाम्रा किसानहरूलाई लाभान्वित गर्न ग्वाला दिवस र वर्षको उत्ष्ट दूध व्यक्तिको अवार्ड सुरु गरेका छौं गाईको स्वास्थ्य सुनिश्चित गर्न उपचार गर्न पशु स्वास्थ्यकर्मीहरूसँग एम्बुलेन्स सेवा प्रदान गरेको जानकारी पनि गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement