तादोङमा सिक्किम प्रोफेसनल यूनिभर्सिटीको वार्षिक खोल उत्सव

IMG-20240630-WA0273

गान्तोक: सिक्किम प्रोफेशनल युनिभर्सिटीले नरबादुर भण्डारी सरकारी महाविद्यालयको खेल मैदानमा वार्षिक खेलकुद सम्मेलन २०२४ आयोजन गऱ्यो। कार्यक्रममा सिक्किम प्रोफेशनल युनिभर्सिटीका उपकुलपति प्रा. (डा.) एचएस यादव प्रमुख अतिथि थिए। यस अवसरमा उनले फुटबल र भलिबल टोलीको प्रदर्शनको प्रशंसा गर्दै हौसला बढ़ाए र सबै विद्यार्थीहरूले पाठ्यक्रम गतिविधिहरूसंगै अन्य आवश्यक खेलविकासमा जोड दिए। उनले न्यक्तित्व विकासको एक हिस्सामा खेल अभिन्न अंग रहेको उल्लेख गरे। विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना दिँदै पुरस्कृत गरे र ट्रफी सहित। एसपीयूको वार्षिक खेलकुद सम्मेलन–२०२४ को पुरस्कार वितरण गरे। डा. यादव र प्रा. रमेश कुमार रावत, रेजिस्ट्रारले बार्षिक खेलकुद सम्मेलनको सराहना विद्यार्थी टोलीका सबै सदस्यहरूलाई बधाई तथा अझ राम्रो प्रदर्शनको शुभकामना दिए। कार्यक्रममा सिक्किम प्रोफेशनल कलेज अफ नर्सिङ, औषधि विज्ञान, सिक्किम प्रोफेशनल कलेज अफ एलाइड एण्ड हेल्थ साइंसेज, सिक्किम प्रोफेशनल कलेज अफ आर्ट्स एण्ड साइन्सेज, सिक्किम प्रोफेशनल कलेज अफ फिजियोथेरापीका प्रतिनिधिहरुको पनि सक्रिय सहभागिता थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement