एसकेएम पार्टीले दियो जुसका नयाँ कार्यकारी सदस्यहरूलाई बधाई एंवम शुभकामना

IMG-20240630-WA0271

गान्तोक: आज सम्पन्न जर्नलिस्ट युनियन अफ् सिक्किमको चुनावमा निर्वाचित बनेका सम्पूर्ण नयाँ कार्यकारी सदस्यगणप्रति सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष पीएस तामाङ (गोले) को पक्षमा पार्टी हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ। जर्नलिस्ट युनियन अफ् सिक्किमका नयाँ अध्यक्ष सुजल प्रधानको नेतृत्वमा नयाँ समितिले नयाँ उत्साह र जोश लिएर सिक्किमेली पत्रकारिताको क्षेत्रलाई प्रगतिपथमा डोहोऱ्याउनेछ भन्ने एसकेएम पार्टी विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो पार्टी गठनको समयदेखि नै सिक्किमेली पत्रकारहरूको हित र पत्रकारिताको क्षेत्रलाई बढ़ावा दिने, फराकिलो बनाउने दिशामा पहल गर्दै आइरहेको छ। एसकेएम पार्टी सरकारमा आएपछि पत्रकारहरूको विभिन्न आवश्यकतालाई पूरा गर्ने दिशामा काम गरेको छ र आउने दिनमा पनि सिक्किमेली पत्रकारिताको क्षेत्रमा रहेका अभाव र आवश्यकतालाई पूरा गर्ने दिशामा काम गरिरहनेछ।

जर्नलिस्ट युनियन अफ् सिक्किमको नव कार्यकारिणी समितिले आफ्नो भूमिका र दायित्वलाई निश्चय नै पूरा गर्नेछ भन्ने विश्वासका साथ एसकेएम पार्टी सम्पूर्ण नवनिर्वाचित सदस्यवर्गप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement