जर्नलिस्ट युनियन अफ सिक्किमको चुनाउ सम्पन्न

IMG-20240630-WA0269

सुजल प्रधान बने जुसका अध्यक्ष

गान्तोक: जर्नलिस्ट युनियन अफ सिक्किमको कार्यकारी समितिको पहिलो चुनाउ आज गान्तोक स्थिति युनियनको कार्यालयमा सफलतापूर्वक सम्पन्न भयो। पत्रकार निता निरासको अध्यक्षतामा रहेको चुनाउ समितिको निरीक्षणमा सम्पन्न भएको चुनाउमा युनियनका सबै ६८ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

गत २२ जूनबाट शुरु भएको नामाङ्कन प्रक्रिया २४ जूनमा पूरा भएको थियो। नामाङ्कन प्रक्रियापछि २४ जूनकै दिन नामाङ्कन पत्रको जाँच पूरा भएको थियो। चुनाउ समितिले उम्मेदवारहरूको अन्तिम नामावली २५ जूनको दिन प्रकाशन गरेको थियो। युनियनको कार्यकारी समितिका लागि कुल सातवटा पदका लागि चुनाउ घोषणा भएको थियो जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, संयुक्त सचिव र कोषाध्यक्षका पदमा उम्मेदवारहरू निर्विरोध विजयी बनेका थिए भने प्रचार सचिव र सहायक कोषाध्यक्ष पदका लागि मात्रै मतदान भएको थियो। कार्यकारी समितिका नवनिर्वाचित सदस्यहरूमा अध्यक्षको पदमा सुजल प्रधान निर्विरोध निर्वाचित बनेका छन् सोही प्रकारले उपाध्यक्ष पेमा वाङचेन लामा, महासिचव एनबी छेत्री, संयुक्त सचिव नवदीप भट्टराई,कोषाध्यक्ष मनिता तामाङ निर्विरोध निर्वाचित बनेका छन्। प्रचार सचिवको पदमा सुरज लिम्बू र सहायक कोषाध्यक्षको पदमा सन्दीप प्रसाद निर्वाचित बनेका छन्।मत परिणाम सार्वजनिक गर्नअघि चुनाउ समितिले कुल ६८ प्रतिशत) सदस्यहरूले मतदान प्रक्रियामा सक्रिय रूपमा भाग लिएकोमा सबैलाई धन्यवाद दिएको छ।

नवनिर्वाचित कार्यकारी समितिका सदस्यहरूले जर्नलिस्ट युनियन अफ सिक्किमको मूल्य मान्यतालाई कायम राख्ने र सिक्किममा कार्यरत श्रमजीवी पत्रकारहरूको हित र अधिकार सुरक्षाका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

अन्त्यमा, नयाँ कार्यकारी समितिले युनियनका सम्पूर्ण सदस्यगण, चुनाउ समितिका सम्पूर्ण सदस्यगण साथै युनियनलाई प्रतिनिधित्व गरेर यहाँसम्म ल्याउनमा योगदान दिने पूर्व कार्यकारी समितिका सम्पूर्ण सदस्यगण अनि युनियन र श्रमजीवी पत्रकारहरूको हितमा प्रत्यक्ष परोक्ष रूपमा सहयोग र योगदान पुर्‍याउनो सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement