बाघडुग्रा: आज बाघडुग्रा यङ्ग मेन्स स्पोर्टिङ एसोसिएशनको तत्वावधानमा रक्तदान शिविरको आयोजना गरियो। सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको थियो। शिविरमा २२ युनिट रगत संग्रहित गरियो। यसबारे क्लबका सदस्य प्रबीर रायले भने, प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा कार्यक्रमको आयोजना गरिन्छ। यस वर्ष पनि स्वतन्त्रताको ७५औं वर्ष गाँठको अवसरमा रक्तदान शिविरको आयोजना गरियो। यस वाहेक विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजित गरियो। क्लबका महासचिव सौविक घोषले भने, आज रक्तदानबाट शुरू भएको छ भने भोलीदेखि गीत, नृत्य, म्याराथन दौड़, मेधावी विद्यार्थीहरूलाई संवर्द्धना अनि चित्राङ्कन प्रतियोगिताको आयोजना गरिने छ।