अरूणचाल प्रदेशको विभिन्न स्थानमा मुख्यमन्त्री तामाङलाई गरियो स्वागत

IMG-20240630-WA0261

गान्तोक: अरूणाचल प्रदेश जाने क्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई डिराङका जनताले भव्यरूपमा स्वागत जनाए। डिराङका विभिन्न विभागका अधिकारी लगायत स्थानीयहरूले स्वागत जनाइएको जानकारी गराइएको छ।डिराङका पासाङ छिरिङ लगायत स्थानीयहरूले मुख्यमन्त्री तामाङलाई भव्यरूपमा स्वागत जनाए। सोही प्रकारले भालुकपोङका जनताले तावाङ जाने क्रममा स्वागत जनाए। स्वागत जनाउने क्रममा आकृति सागार, पुलिस अधिक्षक सुदांशु धामा लगायत अन्य अधिकारीहरू सामेल रहेका थिए। यसरी आफूलाई न्यानो स्वागत जनाएकोमा मुख्यमन्त्री तामाङले सबैलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्। उल्लेखनीय छ, अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुकी आमाको निधन 28 जूनको दिन भएको थियो भने उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न अरूणाचल प्रदेश पुगेका राज्यका मुख्यमन्त्री तामाङलाई विभिन्न स्थानमा स्वागत जनाइयो।

About Author

Advertisement