सिलगढी: आज नेताजी बोइज प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई मेयर गौतम देवले सिलगढी नगर निगमको स्कुल युनिफर्म वितरण गरे। यस अवधि सिलगढी नगर निगमको ३ नम्बर बोरो चेयरपर्सन मिल्ली सिन्हा, मेयर परिषद शोभा सुब्बा र २० नम्बर वार्ड पार्षद अभया बोस सहित स्कूलका शिक्षक शिक्षिकाहरू उपस्थित थिए। पत्रकारहरूसित कुराकानी गर्दै मेयर गौतम देवले नगर निगम इलाकामा १५४ वटा प्राथमिक विद्यालय रहेको जसमा विद्यार्थीहरूको संख्या लगभग ४९ हजार रहेको बताए। नगर निगमद्वारा ती सबैलाई स्कुल युनिफर्म दिइने भएको छ। नेताजी बोइज प्राथमिक विद्यालयका ३२५ जना विद्यार्थीहरूलाई आज स्कुल युनिफर्म प्रदान गरियो।