सोनादा: मानव उत्थान सेवा समिति दार्जिलिङ तहसिल अन्तर्गत सिडर्स शाखाको तत्वावधानमा लोवर सिडर्स चियाबारीको कोठीधूरामा सन्त समागम सम्पन्न गरियो। उक्त सन्त समागममा दार्जिलिङ तहसिल प्रभारी माहात्मा लक्षुमा बाइजी, तहसिल सह प्रभारी माहात्मा शैल बाइजी एवं महात्मा मुग्धा बाईजीको उपस्थिति रहेको थियो भने कार्यक्रमको शुभारम्भ गर्दै मानव धर्मका प्रणेता सद्गुरू श्री सतपालजी महाराजको तस्वीरमा खदा अर्पण गरियो साथै दिप प्रज्वलन गरियो। कार्यक्रमको अघिल्लो चरणमा भक्ति संगीत मञ्चका शरण गुरुङ, रजनी गुरुङ, रूबेन सुब्बा, मञ्जिला सुब्बा, जोनिता मोथे, सागरमणि प्रधान साथै दिप कोइराला अनि स्तुति रिजाल बालसभा सिडर्स शाखाबाट पनि भजन प्रस्तुत गरेका थिए। भक्तिमय भजनले सबैलाई मन्त्रमुग्ध बनाएको थियो भने बालसभाका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए। दार्जिलिङ तहसिल अन्तर्गत पर्ने तेह्रवटा शाखाका कार्यकर्ता एवं प्रेमी भक्तजनको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सञ्चालन चन्दन लकान्द्रीले गरेका थिए भने तहसिलबाट आएका महात्मा मुग्धा बाईजीले पहिलो सत्सङ्ग विचार राख्दै भने, यो मानव जीवन भौतिकलाई मात्रै जीउनलाई होइन तर हामी अध्यात्मिक वैद्धिक ज्ञानको खोजी गरेर जीवन अनि मृत्युपछिको यात्रालाई सुगम बनाउनु पनि पर्दछन् हामी गीताको उपदेश, ज्ञानको चर्चा गर्दैछौं तर गीतमा नै लेखिएको आत्मा ज्ञानको खोजी गर्दैनौँ। उनले भने, समयका सदगुरु श्री सतपाल जी महारजीले गीताको ज्ञानलाई बोध गराई दिनुहुन्छ यसैले यस ज्ञानलाई पाएर मानिसहरूले आफ्नो जीवनलाई धन्य बनाएर अनि मृत्यु पछि आत्माको मुक्ति बनाउन सकिन्छ।
कार्यक्रममा तहसिल साथै उत्तर पूर्वाञ्चल क्षेत्रका कार्यकर्ताहरू उपस्थित थिए। दिपक राई, कुमार योञ्जन, चन्दन लकान्द्री, भक्त लामा, अम्बर तामाङ, दिपक शर्मा, अमिर राईको उपस्थिति रहेको थियो। कार्यक्रमको दोस्रो चरणमा महात्मा शैल बाइजीले आफ्नो सत्सङ्ग विचार राख्दै भने, मानव जीवनमा अध्यात्माको के महत्व छ र जीवनलाई कसरी सहज बनाउन सकिन्छ भनेर प्रवचन दिएका थिए। उनले ब्रह्माण्डलाई बुझ्नु गाह्रो भए पनि आफूभित्र भएको त्यो चेतनालाई सम्झनुपर्ने बताए। उनले भने, ‘जहाँ संसार छ, त्यहाँ संसारको बन्धन छ। तर हामी त्यो बन्धन भन्दा बाहिर निस्कने प्रयास गर्नुपर्छ। यदि संसारमा मोह नहुने भए हामी पनि खुशी खुशी संसार छोडेर जाने थियौं।’ हरेक मानिस संसारको मोहमा मस्त रहेको बताउँदै उनले थपे, ‘धेरै मानिसले सबै दुःख कम होस् भन्ने चाहन्छन्। तर यसका लागि सही प्रयास गर्दैनन्। मानिसको सबैभन्दा ठूलो समस्याको कारण मन हो। त्यसैले महान पुरुषहरूले देखाएको बाटोमा लाग्नुपर्छ। ज्ञान, भक्ति र कर्मको त्रिवेणिद्वारा मानव जीवनलाई सहज सरल र आनन्ददायक बनाउनुपर्छ।’
कार्यक्रमको अन्त्यमा तहसिल प्रभारी माहात्मा लक्षुमा बाइजीले आफ्नो सत्सङ्ग बिचार राखे वहाँले भने की बुद्धले बुद्धत्व प्राप्त गरेको प्रसङ्गको चर्चा गरे। बुद्धमा मात्रै नभएर त्यो बुद्धत्व सबैमा भएको तर त्यसलाई सबैले बोध गर्नुपर्नेमा उनले जोड दिए। उनले भने की यदि सम्पत्तिले मात्रै सुःख दिने भए सिदार्थबाट बुद्ध हुने थिएन यसैले सम्पतिले कसैलाई सुख नदिने भएकाले मनको शान्ति खोज्नुपर्ने र यसका लागि मनलाई स्थिर बनाउनुपर्नेमा उनको जोड थियाो। कार्यक्रमको मुख्य अतिथि सिडर्स उच्चतर विद्यालयका भूपू प्राध्यापकले पनि आफ्नो वक्तव्य राख्दै भने, अतिथिमा हेमलत्ता राई, अरुण राई, देवचन्द्र मोथे, भाष्कर राई, पञ्चायत समिति आशकुमार राई, सुजित कोइराला साथै अन्य उपस्थित थिए। कार्यक्रमको अन्त्यमा सिडर्स शाखाका सह सचिव पूरण सुन्दासले सबै धन्यवाद ज्ञापन दिए भने आरती पश्चात कार्यक्रम समापन गरियो उक्त जानकारी शाखाका प्रचार प्रसार सचिव अविनाश मोथेले दिएका छन्।