अलिपुरद्वार: टीम सनफ्लावर नामको व्हाट्सएप समूहका सदस्यहरूले लाइन्स आई अस्पताल, अलिपुरद्वारसँगको सहकार्यमा जिल्लाको ब्लक १ को पूर्वी कथलबारी ग्राम पञ्चायतको मजबिल रास मेला मैदान नजिकै नि:शुल्क आँखा जाँच शिविर आयोजना गरे। उक्त शिविरमा १ सय ६१ जनाको आँखा परीक्षण गरियो। तीमध्ये १४ जनालाई मोतियाबिन्दु भएको पत्ता लाग्यो। लाइन्स आई अस्पताल, अलिपुरद्वारको सहयोगमा ती १४ जनाको शल्यक्रिया पूर्ण रूपमा नि:शुल्क गरिनेछ। टिम सनफ्लावरका प्रतिनिधि अरुप दासले भने, ‘हामी सबै बेरोजगार युवा हौं, तीमध्ये केही कलेज र स्कूलका विद्यार्थी पनि छन्। सो पहलमा सोनापुर पुलिस चौकी र पूर्वी कथलबारी ग्राम पञ्चायत प्रशासनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरेका छन् भने शिलबारी पाटिलखावा प्राथमिक विद्यालयका प्रधानाध्यापक र मेजबिलका स्थानीयले समेत सहयोग गरेका छन्।‘











