खरसाङ नगरपालिकाद्वारा निरीक्षण
खरसाङ: लगातार रूपमा परिरहेको पानीको कारणले खरसाङ शहरमा आउने पानीको पाइप लाइनहरू पैह्रोको चपेटमा परेको छ। खरसाङ बजारमा आउने पिउने पानीको पाइपहरू आठ माइल, थोट्ने खोला, अरिंगले, सिपाहीधुरा क्षेत्रमा व्यापक क्षति भएको जानकारी प्राप्त भएको छ। खरसाङ शहरमा वितरण गरिने पानीको पाइप लाइनहरू पानी झरी र पैह्रोले तहस नहस पारेको भेटाइयो छ। खरसाङ बजारमा आउने पिउने पानीको पाइपहरू पानी झरी पेह्रोले क्षतिग्रस्त पारेको विषयमा आज खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानको अगुवाईमा निरीक्षण गरिएको छ। उक्त निरीक्षणपछि उनले पिउने पानीको पाइपहरू क्षतिग्रस्त पारेको विषयमा पीएची विभागीय कर्मचारीहरूलाई दिइसकेको बताएका छन्।

उक्त पानीको पाइप लाइन मरमत्तिको कार्य गर्न ३-४ दिन लाग्न सक्ने भएकोले खरसाङ शहरमा पिउने पानीको वितरण गर्न केही विलम्ब हुनसक्छ भनी खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्। उनले नगरवासीहरूमा पानीको समस्या झेल्न पर्मे विषयमा मा खेद प्रकट पनि गरेका छन्।