मेनेजिङ कमिटीको चूनावमा हाम्रो पार्टीले उतारे उम्मेद्वार

IMG-20220813-WA0129.jpg

दार्जीलिङ: शान्ती रानी उच्च माध्यमिक विद्यालयको पुरानो गौरव फर्काई ल्याउने साथै राम्रो शिक्षाको स्थापना गर्ने संकल्प गर्दै मेनेजिङ कमिटीको चुनाउमा हाम्रो पार्टीले उतारे उम्मेद्वार। सोनादा समष्टि पर्ने शान्ती रानी उच्चतर माध्यमिक विधालयको मेनेजिङ कमिटीको चुनाव आगामी २१ अगस्तको दिन हुने भएको छ। हाम्रो पार्टी उक्त मेनेजिङ कमिटीको चुनाउमा उम्मेद्वारहरू खडा गरेको पार्टी केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले जनाएका छन्। केन्द्रीय सङ्गठनिक सचिव राईले अघि भने शान्ती रानी उच्च माध्यमिक विद्यालयको मेनेजिङ कमिटीको चुनाव आगामी २१ अगस्तको दिन हुने भएको छ। हाम्रो पार्टीको सोनादा समष्टिको कार्यकर्ताहरूले शान्ती रानी उच्च माध्यमिक विद्यालयको पुरानो गौरव पुनः फर्काई ल्याउने साथै राम्रो शिक्षाको संकल्प गर्दै उम्मेद्वारहरू खडा गरेका छन् अनि हाम्रो पार्टीको यी उम्मेद्वारहरूलाई शान्ती रानी उच्च माध्यमिक विद्यालयको पूरानो गौरव पुनः फर्काई ल्याउन साथै राम्रो एंव असल शिक्षाको स्थापना गर्न मत दिने आहवान गऱ्यो। शान्ती रानी उच्च माध्यमिक विद्यालयको सन्दर्भमा हाम्रो पार्टीले पार्टीमा विगत धेरै अघिदेखि चर्चा परिचार्चहरू गर्दै आइरहेको छ साथै विद्यालयको शिक्षकहरूसँग पनि हाम्रो पार्टीको कार्यकर्ताहरूले चर्चा परिचर्चाहरू गर्दै आइरहेको संगठनिक सचिव राईले बताए। तिनले अझ भने, शान्ती रानी उच्च माध्यमिक विद्यालयको आज जो जीर्ण अवस्था भएको छ, यसको जिम्मेदार छ अनि कसको कारणले गर्दा स्कूलको यस्तो अवस्था भएको हो अनि कुन दल र नेताहरू यसको उतर दाही छ?विगतका चुनावमा स्थानीय बासिन्दाहरूले चयन गरेर पठाएको सभासद जिम्मेवार छ भन्ने आदि जस्ता विषयहरूमाथि हाम्रो पार्टीले गहन चर्चा परिचर्चा गर्दै आईरहेको थियो भन्ने जानकारी गराउँदै आज स्कूलको मेनेजिङ कमिटीको चुनावको कुरा उठ्दा हाम्रो पार्टीले शान्ती रानी उच्च माध्यमिक विद्यालयको पुरानो गौरव फर्काई ल्याउन, राम्रो शिक्षा ब्यवस्थाको स्थापना गर्न साथै विद्यार्थीहरूले असल एंव राम्रो शिक्षा पाउनु पर्छ भन्ने विषयलाई ध्यानमा राख्दै चुनावमा उम्मेद्वारहरू खडा गरेको हो भन्ने संगठनिक सचिव राईले बताए। स्कूल मेनेजिङ कमिटीको चुनावमा हाम्रो पार्टीको उम्मेद्वारहरू निर्वाचित भएको खण्डमा स्कूल अनि राम्रो शिक्षाको बारेमा धेरै ठूल्ठूला सपनाहरू लिएको छौ भन्ने संगठनिक सचिव विक्रमादि राईले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement