तीनधारेमा तीनधारे महानदी समष्टि स्तरीय फुटबल टुर्नामेन्ट शुरु

IMG-20240630-WA0239

उदघाटन खेलमा फागुटार चियाबारी बिजयी

खरसाङ: आजदेखि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा तीनधारे महानदी समष्टी स्तरीय फुटबल टुर्नामेन्ट शुरु भएको छ। ब्रदरवुड तीनधारेको आयोजनामा भईरहेको उक्त फुटबल टुर्नामेन्टको आज भएको उदघाटन खेलमा पेनल्टी शुट आउटमा फागुटार चियाबारीले हिरो बजार तीनधारेलाई पराजित गरी अघिल्लो चरणमा प्रवेस गरेको छ। उदघाटन खेलको पहिलो हाफमा हिरो बजारको पक्षमा जर्सी नम्बर ५ निखिल गजमेरले गोल गरेर एक गोलको बढ़त बनाएका थिए। खेलको दोस्रो हाफमा फागुटारको पक्षमा जर्सी नम्बर १० नितेस राईले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। खेल बराबरी भएपछि पेनल्टी शुट आउटमा फागुटारले हिरो बजार तीनधारेलाई पराजित गरेको छ। आजको खेलमा मुख्य अतिथिको रूपमा जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद एंव क्षेत्रीय सभासद नवराज छेत्री उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती राई प्रधान, कर्माध्यक्ष साजन दर्जी, पञ्चायत सदस्यहरू दिपेन्द्र तामाङ र बिनिता गजमेर उपस्थित रहेका थिए। उक्त उदघाटनी खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै ब्रदरवुड तीनधारेको सचिव शुभम प्रधानले तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा आजदेखि तीनधारे महानदी समष्टि स्तरीय फुटबल टुर्नामेन्ट शुरु भएको छ र यसको फाईनल खेल अागामी १५ अगस्तको दिन हुने जानकारी गराएका छन्। उनले यस टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरूले अंश ग्रहण गरेको जनाउँदै अब अर्को खेल आगामी शनिवार नरबुङ चियाबारी र गैरी गाउँ तीनधारेमाझ सम्पन्न हुने भएको जानकारी गराएका छन्। आजको खेलमा निर्णायकको रूपमा हिल रेफ्री एसोसिएशनको तर्फबाट प्रतिक गुरुङ, सुरेन गुरुङ, नितेस देवान, सञ्जय थापा आदि उपस्थित रहेका थिए। यस तीनधारे महानदी समष्टी स्तरीय फुटबल टुर्नामेन्टमा जम्मा १६लअ फुटबल टिमहरूले भाग लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement