बिराटनगर: झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा, भद्रपुर नगरपालिका-३ स्थितमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.३ प ५३० नम्बरको मोटरसाईकलको टुल बक्स भित्र २ ग्राम ब्राउन सुगर बरामद भएसंगै मोटरसाईकलमा सवार रहेका भद्रपुर-९ का ३० बर्षीय युनिक निरौला र भद्रपुर-५ का १८ बर्षीय बिनोद दास समेतलाई पक्राउ गरेको हो।यस्तै, झापा गाउँपालिका-५ स्थितमा चेकजाँचको क्रममा बीआर ३७ एच ९५५५ नम्बरको मोटरसाईकल चालक भारत बिहार किसनगंजका ३२ बर्षीय तनविर आलमलाई ५ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ।
यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-५ का ३४ बर्षीय मान बहादुर राईलाई निषेधित औषधी ट्रामाडोल १३५ क्याप्सुल सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।










