दार्जिलिङ जिल्ला बक्सिङ एसोसिएशनको नयाँ कमिटी गठन

IMG-20240630-WA0232

सोनादा: दार्जिलिङ जिल्ला बक्सिङ एसोसिएशनको नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटी गठनार्थ दार्जिलिङ जिल्ला बक्सिङ एसोसिएशनको सभा सोनादामा सम्पन्न भएको छ। उक्त सभामा दार्जिलिङ बक्सिङ एसोसिएशनको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापति खोकन भट्टाचार्य, उप सभापति पुण्य राई र सुनिल प्रधान, महासचिव महेन्द्र थापा, सह सचिवमा अरूप शाहा र रूस्तम राई, कोषाध्यक्ष सुरेन्द्र तामाङ, सह कोषाध्यक्ष देवजित रोय, चेयरम्यान तथा टेक्निकल सल्हाकार एसके राई, कार्यकारी सभापति एंव चिफ् कोच बीबी थापा, कोचमा महेन्द्र थापा, सुरेन्द्र तामाङ अादि चयन भएका छन्। दार्जिलिङ जिल्ला बक्सिङ एसोसिएशनको नयाँ कमिटी गठन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नयाँ कमिटीको महासचिव महेन्द्र थापाले दार्जिलिङ बक्सिङ एसोसिएशनको सभा बसेर पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटी गठन गरिएको जानकारी गराएका छन्। उनले यस एसोसिएशनको मुख्य कार्यालय सोनादामा रहेको बताउँदै जिल्ला बक्सिङ एसोसिएशन राज्यसित अफिलियशन भएको जानकारी गराएका छन्। उनले दार्जिलिङ जिल्लामा यो एक छाता संगठन हो र यसको अधीनमा शाखा एंव युनिट कमिटीहरू रहेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement