सुनसरी र मोरङमा पानीमा डुबेर दुईजनाले ज्यान गुमाए

IMG-20240630-WA0230

बिराटनगर: सुनसरी र मोरङमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ। सुनसरीको रामधुनी ८ काली झोडाका डेढ वर्षीय साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ। घर नजिकै नहरको पानीमा खेल्ने क्रममा डुबेको अवस्थामा आफन्तले फेला पारी उपचारार्थ इनरुवा अस्पताल लगेकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। यसैगरी मोरङको पथरीशनिश्चरे ७ का धनराज गिरीको पथरी खोलामा नुहाउने क्रममा मृत्यु भएको छ। ४६ वर्षीय गिरी पानीमा डुबेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि स्थानीय मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए। दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement