एमाले इटहरीको अध्यक्षमा रुपेश बस्नेत निर्वाचित

IMG-20240630-WA0229

बिराटनगर: नेकपा एमाले इटहरीको अध्यक्षमा रुपेश बस्नेत निर्वाचित भएका छन्। हिजोशनिबार इटहरीमा सम्पन्न नवौँ अधिवेशनमा बस्नेतले १९७ मत प्राप्त गर्दै विजयी भए। त्यसैगरी निकटतम् प्रतिस्पर्धी सुजन लामाले ७९ मत प्राप्त गरे भने उमेश पौडेलले ६२ मत प्राप्त गरे। नवनिर्वाचित बस्नेतलाई एकिकृत माले इटहरीका निवर्तमान अध्यक्ष यामकुमार सुब्बा र खानेपानी इटहरीका निवर्तमान अध्यक्षसमेत रहेका रामप्रसाद चौलागाईँले सहयोग गरेका थिए। पौडेललाई भने एकिकृत माले सुनसरीका निवर्तमान अध्यक्ष तथा प्रदेश सांसद रेवतीरमण भण्डारी र एकिकृत माले केन्द्रीय सदस्य लक्ष्मी गौतमले सहयोग गरेका थिए। त्यसैगरी विद्यार्थी नेताहरूसहित युवाहरूले भने सुजन लामालाई अध्यक्षमा उम्मेदवारी उठाएका थिए। ओली निकट मानिएका उनले दोस्रो मत प्राप्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement