सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा पुलिसले गत शनिबार राति दुई बंगलादेशीलाई पक्राउ गरेको छ। त्यसपछि उनलाई एनजेपी पुलिस चौकीमा बुझाइएको छ। पक्राउ पर्नेमा जुनैत मिनिया र कबीर हुसेन रहेका छन्। पुलिस स्रोतका अनुसार बंगलादेशका दुई युवा सीमा नाका पार गरेर भारत प्रवेश गरेका थिए। गोप्य स्रोतका आधारमा एसटीएफले कारबाही गरेको छ। फूलबारी नाकाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ परेकाहरुले प्रारम्भिक सोधपुछका क्रममा बंगलादेशबाट कामको खोजीमा यो देश आएको बताएका छन्। तर उनीहरु बिना वैध कागजात कसरी भारत प्रवेश गरे भन्नेमा प्रशासनिक सर्कलमा प्रश्न उठिरहेको छ। यद्यपी उनको भारत आउनुको वास्तविक उद्देश्य के थियो भन्ने बारे एनजेपी पुलिस चौकीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूलाई आइतबार जलपाईगुडी जिल्ला अदालतमा पेश गरियो। घटनाको सम्पूर्ण अनुसन्धान शु रू गरेको एनजेपी पुलिसले जनाएको छ।