आजदेखि खरसाङको अम्बटे चियाबारी बन्द

IMG-20220813-WA0132.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत अम्बटे चियाबारी आजदेखि अचानक बन्द भएको छ। तर यो बन्द मालिक पक्षबाट नभएको बुझिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान चिया श्रमिकहरू आफ्नो काममा जाँदा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका स्थानीय प्रतिनिधिहरूले वर्तमान कमानमा श्रमिकहरूको अवस्था विषय शुक्रवार दार्जीलिङस्थित लाल कोठीमा दार्जीलिङ जिल्लापाल, जीटीए चीफ एक्जुकेटीभ अनित थापा, डीटीए प्रतिनिधि, बगान मालिक पक्षका प्रतिनिधि अनि स्थानीय पार्टी प्रतिनिधिहरूमाझ बसेको एउटा बैठकमा चिया बगानका मालिक पक्षबाट श्रमिकहरूले काम गरेको दैनिक हाजिरा, तलब, पीएफ, ग्रेजुएटी आदि भुक्तान नगरेको प्रतिवादमा केही दिनलाई श्रमिकहरूको पक्षबाट बगान बन्द गर्ने निर्णय लिएर बन्द गरिएको बताइएको छ। तर यता स्थानीय श्रमिकहरूलाई भने यसबारे कुनै थाहा नभएको औ उनीहरू बगान बन्द होस् भन्ने पक्षमा नरहेको बताएका छन्। शुक्रवार दार्जिलिङमा भएको बैठकबारे पार्टी प्रतिनिधि अमृत छेत्रीले जानकारी दिएका छन् भने कमान बन्द भएकोबारे स्थानीय श्रमिकहरूले जानकारी दिएका छन्। यता बगान प्रबन्धकसँग जानकारी लिन चाहँदा उनीसँग सम्पर्क हुन सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement