सिलगढी: देहव्यापार गरेको आरोपमा एनजेपी पुलिस चौकीले तीन जना महिलासहित ६ जनालाई पक्राउ गरेको छ। ठाकुरनगर स्थित होटलमा लामो समयदेखि देहव्यापार चलिरहेकोआरोप छ। पुलिसलाई यो कुरा थाहा भइसकेको थियो र उनीहरुलाई रंगेहात समात्ने पर्खाइमा थिए। गोप्य स्रोतका आधारमा एनजेपी थानाका सादा पोशाकका पुलिसले ठाकुरनगरस्थित होटलमा छापा मार्यो। आपत्तिजनक अवस्थामा पक्राउ गरे। तीनै जना पूर्णिया, बिहारका बासिन्दा रहेको, र जसलाई आइतबार जलपाईगढी अदालतमा पेश गरियो।
