गोर्खा जन पुस्तकालय र गोर्खा सांस्कृतिक संस्थान खरसाङद्वारा जीटीएका मुख्य कार्यपाल अनित थापालाई सम्बर्ध्दना

IMG-20220813-WA0131.jpg

खरसाङ: गोर्खा जन पुस्तकालय खरसाङ र गोर्खा सांस्कृतिक संस्थान खरसाङको पक्षबाट जीटीएका मुख्य कार्यपाल अनित थापालाई सम्बर्ध्दना जनाइयो। शनिबार खरसाङमा गोर्खा जन पुस्तकालय र गोर्खा सांस्कृतिक संस्थान खरसाङको संयुक्त तत्त्वावधानमा सम्पन्न अभिनन्दन समारोहमा मुख्य अतिथिका रूपमा उपस्थित भएका जीटीएका मुख्य कार्यपाल अनित थापालाई यस गरिमामय पदमा नवनिर्वाचित भएकोमा बधाई जनाउँदै सम्बर्ध्दना जनाइएको हो। यस अवसरमा सर्वप्रथम गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट सभापति पूर्ण गुरुङ निरुपम, उप सभापतिद्वय प्रकाश प्रधान र ऋषि राई, मूल सचिव विनोद रसाइली, पूर्व सभापति तिलक शर्मा आदिको बाहुलीबाट खदार्पणसहित माला लगाएर फूलगुच्छा प्रदान गर्दै नेपाली टोपी पहिराएर सम्बर्ध्दना पत्र प्रदान गरी सम्बर्ध्दना जनाइयो। यस अवसरमा सम्बर्ध्दना पत्र पुस्तकालयको उपाध्यक्ष ऋषि राईले पठन गरे।

यसै कार्यक्रममा जीटीए मुख्य कार्यपाल अनित थापालाई गोर्खा सांस्कृतिक संस्थान खरसाङको पक्षबाट पनि सम्बर्ध्दना जनाइयो। यस अवसरमा सम्बर्ध्दना पत्र प्रणिता घिसिङ मुखियाले पठन गरिन्। यस अवसरमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको पक्षबाट जीटीएका मुख्य कार्यपाल अनित थापालाई खदार्पणसहित फूलगुच्छा प्रदान गर्दै माला लगाएर सम्बर्ध्दना पत्र अनि मोती जड़ित खुकुरी प्रदान गरी सम्बर्ध्दना जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement