एसएसबी र आबकारी विभागको संयुक्त कारबाहीमा भुटानी रक्सी र बियर बरामद

IMG-20240630-WA0151

अलिपुरद्वार: भारत-भुटान सीमामा एसएसबी र आबकारी विभागले संयुक्त छापा मारेर भुटानी रक्सी, बियर र दुई साइकल बरामद गरेको छ।  आबकारी विभाग र एसएसबीले भारत–भुटान सीमावर्ती कुमारग्राम ब्लक र नबस्ती क्षेत्रमा संयुक्त कारबाही गरी अवैध भुटानी रक्सी र बियर बरामद गरेको छ। शनिबार राति एसएसबीको कालीखोला बीओपी र आबकारी विभागको कुमारग्राम वृत्तले संयुक्त रुपमा कारवाही गरेको बताइएको छ। कारबाहीका क्रममा एसएसबी र आबकारी विभागका कर्मचारीलाई देखेर साइकल र अवैध मदिरा र बियर छोडेर भागेका थिए। भुटानबाट अवैध रक्सी र बियरका बोतल साइकलमा भारत ल्याइएको थियो। कारबाहीमा ३६ लिटर भुटानी रक्सी र ४६ लिटर भुटानी बियर बरामद गरिएको आबकारी विभागले जनाएको छ। आबकारी विभागको कुमारग्राम वृत्तले घटनाको अनुसन्धान शुरु गरेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement