विद्युत् वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टर उद्घाटन

IMG-20240630-WA0042

झापा (नेपाल): नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर उद्घाटन गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टर उद्घाटन गरेको  छ। काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर उद्घाटन गर्दै मन्त्री बस्नेतले अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महìवपूर्ण पाइला भएको बताए। उनले ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवालाई स्वचालित तथा आधुनिक बनाउन यो सेन्टर निर्माण महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरे। 

एसियाली विकास ब्यांक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुस्वाले प्राधिकरणको सेवालाई आधुनिक तथा डिजिटल बनाउन महत्वपूर्ण पूर्वाधार विकासको कोसेढुङ्गा भएको बताए। उनले ऊर्जाको लागत घटाउन तथा भरपर्दो सेवा प्रवाहका लागि संस्थाको डिजिटलाइजेसन आवश्यक रहेकोमा जोड दिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवा प्रवाहलाई स्वचालित, आधुनिक बनाई विद्युत् प्रणाली सुधार्न ‘डिजिटल एनइए’ अन्तर्गत धेरै काम अगाडि बढाइएको जानकारी गराएका छन्। उनले डिजिटल एनइएमार्फत सूचना प्रविधिको प्रयोगमार्फत प्रशासन लागत घटाउने, कर्मचारीको दक्षता वृद्धि गर्ने, विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउने काम भइरहेको बताए। 

‘प्री फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तला भवनको भुइँ तलामा काठमाडौं भ्यालीको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन्। पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन्। सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि ऱ्याक छन्। यसमा ३६ वटा सर्भर र चार वटा नेटवर्क ऱ्याक छन्। टियर ३ मापदण्डका लागि तोकिएका शर्त पूरा गर्न आवश्यक व्याकअपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानीलगायतको व्यवस्था गरिएको छ। अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ। केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लि. सँग जुलाई २०२१ मा ठेक्का सम्झौता भइ नेभेम्बरबाट काम सुरु भएको थियो। डेटा सेन्टरमा आवश्यक प्राविधिक उपकरण हुआवेले आपूर्ति गरेको हो। सरकार तथा प्राधिकरणको लगानी र नर्बे सरकारको प्राविधिक सहयोग तथा एसियाली विकास ब्यांकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब एक अर्ब ४० करोड रुपियाँ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement