खरसाङमा स्वाधीतना सेनानी कप्तान रामसिंह ठकुरीका छोरा रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजन अभिनन्दित

IMG-20220813-WA0123.jpg

खरसाङ: स्वाधीनता सेनानी एंव राष्ट्रिय गीत ‘जन गण मन’ मा धुन भर्ने कप्तान रामसिंह ठकुरीका  छोरा रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजनलाई शनिबार खरसाङमा सम्पन्न भएको भव्य कार्यक्रममा सम्बर्ध्दना जनाइयो। भारतीय नेपालीहरूको सबैभन्दा जेठो संस्था गोर्खा जन पुस्तकालय र गोर्खा सांस्कृतिक संस्थान खरसाङको संयुक्त तत्त्वावधानमा यहाँको नयाँ बजारस्थित टाउन कम्युनिटी हलमा सो अभिनन्दन कार्यक्रम सम्पन्न भएको होl अभिनन्दन समारोहका आयोजक समितिकी सभापति आशा मुखिया लामाको अध्यक्षता र जीटीएका मुख्य कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा स्वागत सम्भाषण गोर्खा जनपुस्ताकालय खरसाङका मूल सचिव विनोद रसाइलीले राखेका थिए भने संचालन शिक्षिका गोमा सुब्बाले गरिन्। 

कार्यक्रमको उद्देश्य र औचित्य बारेमा गोर्खा जनपुस्ताकालय खरसाङका सभापति पूर्ण गुरुङ निरुपमले राखे। यसै कार्यक्रममा कप्तान रामसिंह ठकुरीका छोरा रमेश ठकुरी र हिन्दीका साहित्यकार राजेन्द्र राजनलाई सम्बर्द्धना जानाइएको होl लेखक, नाटककार, नाट्य कलाकार, चलचित्र निर्माता, निर्देशक, प्रशिक्षक अनि लोक संस्कृति कर्मी रमेश ठकुरी एकजना बहुमुखी प्रतिभा हुन्l उनलाई खदार्पण गरी फूलगुच्छा प्रदान गर्दै माला पहिएर सम्बर्ध्दना पत्र अनि मोती जड़ित खुकुरी प्रदान गरी सम्बर्ध्दना जनाइयो। त्यसै गरी राजेन्द्र राजन हिन्दी साहित्यको क्षेत्रमा सुपरिचित लेखक हुन्l उनले स्वाधिनता सेनानी कप्तान रामसिंह ठकुरीको बारेना ‘जन गण मन धुनके जनक कैप्टन कप्तान रामसिंह ठाकुर’ नामक पुस्तक लेखेका छन्l लेखक राजेन्द्र राजनलाई पनि आयोजक समितिको पक्षबाट खदार्पणसहित फूलगुच्छा प्रदान गर्दै माला पहिएर सम्बर्ध्दना पत्र अनि मोती जड़ित खुकुरी प्रदान गरी सम्बर्ध्दना जनाइयोl यस अवसरमा रमेश ठकुरीको सम्बर्ध्दना पत्र देविका मंग्राती राईले पठन गरिन् भने राजेन्द्र राजनको सम्बर्ध्दना पत्र ऋषि राईले पठन गरे। कार्यक्रममा कप्तान रामसिंह ठकुरीका छोरा रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजनले सम्बोधन गरे।

‘जन गण मन धुनके जनक कैप्टन कप्तान रामसिंह ठाकुर’ पुस्तकलाई जीटीए क्षेत्रका सबै पुस्तकालयहरूमा अध्ययनको लागि ५०० प्रति राखिने भएको छ। यसको लागि सूचना अनि सांस्कृतिक विभागको साहित्य क्षेत्रका सह निर्देशक बिमल राईलाई जिम्मेवारी सुम्पिएको छ। जीटीएका मुख्य कार्यपाल अनित थापाले कप्तान रामसिंह ठकुरीका लागि कार्य गर्नलाई सबै अघि आउनु पर्ने बताउँदै भने, ‘यसको लागि के गर्नुपर्ने र कता बोल्नु पर्ने म साथमा रहनेछुl’

कार्यक्रममा सभाध्यक्ष आशा मुखिया लामाले कप्तान रामसिंह ठकुरीमाथि हिन्दीमा लेखिएको पुस्तक नेपालीमा पनि अनुवाद आवश्यकता रहेको बताइन्। उनले कार्यक्रममा स्वाधीनता सेनानी कप्तान रामसिंह ठकुरीका छोरा रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजनलाई सम्मान गर्नु पाउनु गर्वको विषय रहेको बताइन्। कार्यक्रममा धन्यवाद ज्ञापन हेमन्त दर्नालले राखे। कार्यक्रममा स्वागत नृत्य प्रतिभा परिवारका सदस्यहरूले प्रस्तुत गरेका थिए भने सूचना अनि सांस्कृतिक विभाग खरसाङका टोलीद्वारा देशभक्ति गीत प्रस्तुत गरियो। कार्यक्रममा जीटीए सभाका भाइस चेयरम्यान राजेश चौहान, कार्यकारी सभासद कल्पना प्रधान, सभासद श्याम शेर्पा, मनोनित सभासद प्रमाण रसाईली, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधानलगायत विभिन्न क्षेत्रबाट आएका विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *