ओलम्पिक अघि किरणले जितिन् स्वर्ण पदक

IMG-20240630-WA0007

पञ्चकुला: यस साल हुने पेरिस ओलम्पिकको निम्ति कालीफाई गरिसकेकी हरियाणाकी किरण पहलले राष्ट्रिय अन्तर राज्य एथलेटिक्स च्याम्पियनशीपमा महिलाहरूकी ४०० मीटर दौड़मा ५०.९२ सेकेण्डको समयसहित स्वर्ण पदक जितिन्। किरणले ५०.९५ सेकेण्डको ओलम्पिक क्वालीफाईंग मार्कलाई दोस्रोपल्ट पार गरिन्। हरियाणाकी दीपांशीले रजत र आन्ध्र प्रदेशकी ज्योतिका श्री दण्डाले काँस्य पदक हासिल गरिन्। ज्योतिका पनि पेरिस ओलम्पिकमा महिलाहरूकी ४ गुणा ४०० मीटर रिले टीमकी सदस्य हुन्। मध्यम दूरीका धावक परवाज खानले १५०० मीटरमा ३ मिनट ४२.९५ सेकेण्डको समयसहित स्वर्ण पदक जिते।पञ्जाबका गुरिन्दरवीर सिंहले १०० मीटरको दौड़मा १०.३२ सेकेण्डको समय निकालेर स्वर्ण पदक जिते। ओडिशाका अनिमेष कुजुरलाई रजत र असमका अमलान बोरगोहेनलाई काँस्य पदक प्राप्त भयो। महिला वर्गमा कर्नाटककी एसएस स्नेहा विजयी भइन्। महिलाहरूकी १५०० मीटर वर्गमा एम दीक्षा तेस्रो स्थानमा रहिन् जबकि पश्चिम बंगालकी लिली दासले खिताब जितिन्। दिल्लीकी एथलीट चन्दा दोस्रो स्थानमा रहिन्। पुरुषहरूका ४०० मीटर फाइनलमा मोहम्मद अनसले फिनिशमा मुहम्मद अजमललाई पराजित गरी स्वर्ण पदक जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement