योगलाई एशियन गेम्समा सामेल गर्ने प्रस्ताव

IMG-20240630-WA0006

नयाँ दिल्ली: भारतीय ओलम्पिक संघ (आईओए)-की अध्यक्ष पीटी उषाको एशियन गेम्समा योगलाई सामेल गर्ने प्रस्तावमाथि केन्द्रीय खेल मन्त्री मनसुख माण्डवियाले आफ्नो विचार साझा गरेका छन्। हालै खेल मन्त्रालयको जिम्मेवारी सम्हाल्ने माण्डवियाले उषाको यस प्रस्तावलाई समर्थन गरेका छन्। उषाले एशियन ओलम्पिक परिषदका कार्यवाहक अध्यक्ष रणधीर सिंहलाई २६ जूनमा पत्र लेखेर योगलाई एउटा खेलको रूपमा एशियन गेम्समा सामेल गर्ने प्रस्ताव राखेकी थिइन्। माण्डवियाले भने, योगको व्यापक लोकप्रियतालाई ध्यानमा राखेर यसलाई प्रतिस्पर्धी खेलहरूको दर्जा दिएर एशियन गेम्समा सामेल गरिनु पर्छ। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषित गर्नमा धेरै मेहनत गरेका छन्। योगलाई लोकप्रिय बनाउनमा भारत अग्रणी रहेको छ अनि हामीले यसलाई खेलो इण्डिया युथ गेम्समा प्रतिस्पर्धी खेलको रूपमा सामेल गऱ्यौं। यसैकारण योगले एशियन गेम्समा स्थान पाउनु जरूरी छ।

About Author

Advertisement